Logo

Breaking News 1

‘अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ आगामी निर्वाचनको तयारीमा लागौँ’: अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा अरुको भर नपरी आफ्नै शाक्तिबाट जानुपर्ने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताहरुलाई अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा लगाउनुपर्ने नेपालको भनाई रहेको थियो ।

‘पार्टीको सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएको छ । अधिकतम सफलता हासिल गर्नका लागि लाग्नुपर्छ, उनले भने, अरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भएको छ ।’

नेपालले गत निर्वाचनमा २८ प्रतिशत मात्रै उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको भन्दै सबै क्षेत्रमा उम्मेदवार उठाएको भने २० लाख मत ल्याउने दाबी गरे ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : ५९ बजे