Logo

Breaking News 1

राजीनामा पत्र बुझाएका मन्त्री आलेले साँझ पत्रकार सम्मेलन गर्दै



काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका आलेले अहिले साँझ ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले आज राष्ट्रिय सभाको बैठकमा जवाफ पनि दिएका थिए । जेठ २२ गते नेकपा एसले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेकाबेलामा आलेले राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाएका बताइएको छ ।

केन्द्रीय समितिले मन्त्री हेरफेरका लागि अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ४६ बजे