काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले मन्त्री पदबाट राजीनामाको पत्र अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेकाबेलामा आलेले राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाएका बताइएको छ ।
केन्द्रीय समितिले मन्त्री हेरफेरका लागि अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।
मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद देखिएको छ । पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णयविरुद्व एकीकृत समाजवादीकै मन्त्रीहरुले विरोध गरिरहेका छन् ।
शुक्रबार चार मन्त्रीसहित १० सांसदले पार्टीको निर्णयको विरोध गर्दै मन्त्री हेरफेर आफूहरुलाई मान्य नहुने भन्दै अध्यक्ष नेपाललाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।
फेरि, शनिबार मन्त्री आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए ।
प्रतिक्रिया