Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन (२०७७ साउन-२०७८ असार)” पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने तथा “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : २४ बजे