Logo

मुख्य समाचार

‘राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँ’: रवि लामिछाने



काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स-साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए ।

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए ।

आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे ।

उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे । लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ४६ बजे