Logo

मुख्य समाचार

ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा वृद्दाको मृत्यु



काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका-७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ ।

आगलागीमा परेकी वस्तीको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । वस्तीको एक तले घर पनि जलेर पूर्ण रुपमा क्षति पुगेको उनले जानकारी दिए ।

शुक्रबार राति घटना भए पनि स्थानीयले भने शनिबार बिहान मात्र जानकारी पाएका थिए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ४१ बजे