काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता स्थगित भइसकेको दावी गरेका छन् ।
एसपीसी सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको उनको भनाई थियो । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपी सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको बताए ।
‘नेपाली सेना र अमेरिकी दूतावासबाट पनि यो कार्यान्वयन हुँदैन भनेर आएको छ, प्रधानमन्त्री स्वयमले कार्यान्वयन हुँदैन भनेपछि यसलाई अझै उचाल्न हुँदैन्, उनले भने ।’
प्रतिक्रिया