Logo

निर्वाचन विशेष

मत कम आएपछि पोखराको १८ र ३१ मा पुनः मत गणनाको माग गर्दै एमालेले दियो निवेदन



काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ ।

एमालेले वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।

पुनः मतगणनाका लागि निवेदन दिइएको जानकारी दिइएको छ ।

दुवै वडाको नतिजामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ३२ बजे