Logo

Breaking News 1

पोखरा महानगर: धनराजले कटाए ५० हजार ६ सय बढी मत, एमालेका थापाले कति ल्याए ?



काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५० हजार मत कटाएका छन् ।

अग्रस्थानमा रहेका आचार्यले पछिल्लो प्राप्त मत परिणामअनुसार ५० हजार ६ सय १२ मत ल्याएका छन् । उनका निकटस्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४६ हजार ५ सय ८३ मत ल्याएका छन् ।

आचार्य र श्रेष्ठबीचको मतान्तर ४ हजार २९ मतको रहेको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बनाइरहेकी छिन् ।

उनले ५३ हजार १ सय ७३ मत पाएकी छिन् । गुरुङकी निकटस्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार कोपिला रानाभाटले ४९ हजार ५ सय ८६ मत पाएकी छिन् ।

१ लाख २५ हजार ५ सय २० मत गणना भएको र अब १७ हजार ८ सय ६ मत मात्रै गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  २ : ४४ बजे