Logo

निर्वाचन विशेष

भरतपुर अपडेट: रेणु विजय भन्दा १० हजार ३ सय बढी मतले अगाडि, विजय र जगन्नाथको कति मत ?



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । हालसम्म १ लाख ११ हजार २७३ मतगणना सकिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ४४ हजार ७१० मत प्राप्त गरेकी छिन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार ३९६ मतका साथ पछ्याइरहेका छन् । दाहाल र सुवेदीबीचको मतान्तर १० हजार ३ सय १४ मतान्तर रहेको छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ६१३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ८४० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार १८१ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : १२ बजे