Logo

Breaking News 1

भरतपुर अपडेट: रेणुले बनाईन् ७ हजार ८५४ को मतान्तर, विजयले कति पुर्याए मत ?



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।

मेयरकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायमै राखिरहेकी छिन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याईरहेका छन् ।

रेणु र विजयबीचको मतान्तर अहिले ७ हजार ८ सय ५४ पुगेको छ । ९२ हजार १ सय २८ मतगणना हुँदा रेणुले ३६ हजार २७२ मत प्राप्त गरेकी छन् ।

यस्तै, एमालेका उमेदवार विजय सुवेदीले २८ हजार ४१४ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरिरहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  २ : ०२ बजे