Logo

Breaking News 1

७४ हजार बढी मत गन्दा रेणुको कति पुग्यो मत ? विजय र जगन्नाथले कति पाए ?



काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना जारी रहेको छ ।

मतपरिणामअनुसार गठबन्धनतर्फबाट माओवादी केन्द्रकी रेणु दाहालले आफ्नो अग्रता कायम राखेकी छिन् । उनले लगातार अग्रता बढाइरहेकी छिन् ।

पछिल्लो प्राप्त परिणामअनुसार ७४ हजार १ सय ८७ मत गन्दा रेणुले २८ हजार ७ सय ६६ मत पाएकी छिन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार १ सय ८९ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ८५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेना अधिकारीले आफ्नो अग्रता कायमै राखेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १ : १६ बजे