Logo

Breaking News 1

बालेनको ‘अनस्टपएवल’ अग्रता, स्थापितलाई भेट्न लागिन् सिंहले



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

साह भन्दा पछाडि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले १५ हजार भन्दा बढी मतले पछाडि छाडेका छन् ।

बरु स्थापित भन्दा पछाडि रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले स्थापितसँगको मतान्तर घटाएकी छिन् । सिंहले करिब करिब स्थापितलाई उछिन्ने अवस्था देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार बालेनले ३३ हजार २ सय ६० मत ल्याएका छन् भने उनलाई पछ्याईरहेका एमालेका स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन् ।

यस्तै, कांग्रेसकी सिंहले १७ हजार ५ सय ७९ मत पाएकी छिन् । स्थापित र सिंहको मतान्तर १ सय १३ को मात्रै रहेको छ । यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन् ।

उनले २६ हजार ५ सय ७५ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीको रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत पाएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : १७ बजे