Logo

निर्वाचन विशेष

बेथान्चोक गाउँपालिकाको प्रमुख पदमा एमाले नील, चारवटामा गठबन्धन, एउटामा कांग्रेस एक्लै र एउटामा स्वतन्त्र विजयी



काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकाको ६ वटा वडामध्ये पाँचवटामा गठबन्धन विजयी भएको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पालिकाको कुनै पनि प्रमुख पदमा जित हात पार्न सकेन । एमालेले वडा नम्बर-३ को एक वडा सदस्यमा मात्रै जित हात पारेको छ । वडा नम्बर-३ को वडा सदस्यमा एमालेका बलराम बजगाईँ मात्रै निर्वाचित भए ।

गाउँपालिकाको मेयरमा गठबन्धनअन्तर्गतको नेपाली कांग्रेसका भगवान अधिकारी विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कमलप्रसाद नेपाललाई पराजित गरेका हुन् ।

उपमेयरमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेकी उम्मेदवार सरला लामिछानेलाई पराजित गरिन् ।

वडा नम्बर एकको अध्यक्षमा नेपाली कांग्रेसका मधुसुधन तिमल्सिना निर्वाचित भए । वडा नम्बर दुईमा कांग्रेसबाटै पुरुषोतम तिमल्सिना विजयी भएका छन् ।

यस्तै, वडा नम्बर तीनमा कांग्रेसका कुवेर ढकाल विजयी भए भने वडा नम्बर चारमा पनि कांग्रेसकै कृष्णबहादुर लामा विजयी भए ।

वडा नम्बर पाँचमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका राजकुमार वाइबाले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

वडा नम्बर ६ मा नेपाली कांग्रेसका बिष्णु तामाङ निर्वाचित भए । ६ मा नेपाली कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ४२ बजे