Logo

Breaking News 1

बालेन साहको अग्रता जारी, ११ हजार बढी मतान्तर



काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको मतगणना अनुसार काठमाडौंका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह निकै अघि बढेका छन् ।

उनले ठुला दलहरुका उम्मेदवारलाई पछि पारिरहेका छन् । एमाले र कांग्रेस नेताहरुले नेवार कोर क्षेत्रमा गणना भएपछि बालेनको भोट घट्ने दावी गरेका थिए । तर, त्यसो हुन सकेन । बालेनको भोट बढ्दो क्रममा छ । प्रतिशतको आधारमा अन्य उम्मेदवारको भोट बढ्न सकेको छैन ।

पछिल्लो विवरण अनुसार, स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले २३५८४, सत्ता गठबन्धनका तर्फबाट एमालेका केशव स्थापितले १२३८०, नेपाली कांग्रेसकी सृजना सिंहले ११४९९, राप्रपाका मदनदास श्रेष्ठले ८०९, अर्का स्वतन्त्र सुमन सायमीले ६६७, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले १३९, स्वतन्त्र सुशील क्षेत्रीले ६४, मधुसुधन खडु्काले १७, उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले १३ भोट पाएका छन् ।

स्वतन्त्र बालेनको भोट नेवारी बस्तीमा पुगेपछि घट्ने अनुमान कतिपयले गरेका थिए । किनकी, बालेन साह मधेशी समुदायको भएकोले काठमाडौंमा उनलाई भोट नआउने नेवार समुदाय भित्रै चर्चा थियो । तर, बालेनलाई नेवार बस्तीबाट गएको यो भोटले अहिलेका युवा बर्गमा समुदाय नभई उपयुक्त उम्मेदवार रोज्ने प्रवृति देखियो । मतदातामा पटक पटक नेवारले चुनाव जितेपनि कुनै काम नगरेकोले योग्य जुनसुकै व्यक्तिलाई पनि जिताउनुपर्ने प्रभाव अहिलेको परिणामले देखाएको छ । बालेन साहले मतगणनाको प्रस्थानविन्दुबाटै निरन्तर रुपमा शुरुवाती अग्रता लिइरहेका छन् । अहिले नेवार बस्तीमा गणना भएपनि उनको भोटको रफ्तार घटेको छैन ।

काठमाडौं महानगरपालिकाको १२, १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडा भित्री शहर र नेवार समुदायको बाहुल्य भएका बस्तीहरू हुन् । नेवार बस्तीबाट पनि उत्साहजनक रुपमा बालेनलाई भोट आएपछि उनका समर्थकहरुमा खुशीयाली छाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ५४ बजे