Logo

निर्वाचन विशेष

चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादीका कृष्ण सापकोटा विजयी



काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा विजयी भएका छन्।

नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई भारी मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन् । सापकोटाले ११ हजार ७२ मत प्राप्त गरे।

यस्तै, उनका प्रतिद्दन्दी नेपालले ६ हजार ७८५ मत प्राप्त गरे। कांग्रेसका केशवराज गिरीले ६ हजार २४५ मत ल्याए ।

यस्तै, उपमेयरमा एकीकृत समाजवादीकी सीता थापा निर्वाचित भएकी छिन्। उनले ९ हजार २ सय २६ मत प्राप्त गरिन्। उनले नेकपा एमालेकी उम्मेदवार बालकुमारी सापकोटालाई पराजित गरेको हुन् ।

सापकोटाले ६ हजार ८७७ मत पाइन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ५४ बजे