Logo

निर्वाचन विशेष

बारपाक सुलिकोटको गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादीका भट्ट र गुरुङ निर्वाचित



काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ निर्वाचत भएका हुन् ।

भट्टले पाँच हजार ७१९ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर घलेले चार हजार ८६४ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा निर्वाचित गुरुङले पाँच हजार ७६५ र प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार लेखमाया रानाले चार हजार ५७५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ०४ बजे