Logo

Breaking News 1

पोखरा महानगर: गठबन्धनका आचार्यलाई पछ्याउँदै एमालेका थापा, कसले कति मत पाए ?



काठमाडौं । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनअन्तर्गतको एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखिरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याई रहेका छन् ।

जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अगाडि छिन् भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याईरहेकी छिन् ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भइन् भने उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याएकी छन् ।

वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय हुनुभयो भने उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ३३ बजे