Logo

निर्वाचन विशेष

बझाङको मष्टा गाउँपालिकामा प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन विजयी



बझाङ । मष्टा गाउँपालिका, बझाङको प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन विजयी भएका छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा माओवादी केन्द्रका हर्कबहादुर धामी निर्वाचित भएका हुन् ।

बोहोराले ३०८३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले २३३७ मत पाए । बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादीका हर्कराज धामीले २८१७ मत पाउँदा निकतटम प्रतिद्वन्द्वी एमालेकी शर्मीला रोकायालाई २३३० मत पाएकी थिइन् ।

गाउँपालिकाको ७ मध्ये ६ वटा वडामा गठबन्धनले जित निकालेको छ भने एमालेले एउटा वडा जितेको छ ।

मष्टा–१ मा माओवादी केन्द्रका वडाध्यक्षसहित प्यानल विजयी भएको छ । माओवादीका रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । ४ जना वडा सदस्य गठबन्धनकै निर्वाचित भए ।

वडा नम्बर २ मा कांग्रेसका प्रकाश खड्का ४५६ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बिर्ख कठायत ४४७ मत प्राप्त गरि पराजित भएका छन् ।

वडा नम्बर ३ मा एकीकृत समाजवादीका धर्मराज धामी २९१ मतसहित विजयी भए । एमालेका पुरन धामीले २१५ मत पाए ।

वडा नम्बर ४ मा कांग्रेसका उत्तम जोशी ३४२ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका गोपाल कठायत ३२७ मत प्राप्त गरि पराजित भएका छन् ।

वडा नम्बर ५ मा कांग्रेसका सुधन बोहरा ३४० मतसहित बिजयी भएका छन् भने नेकपा एमालेका रण बोहरा ३३४ मत पाए । वडा नम्बर ६ मा माओवादी केन्द्रका शिवराज बोहरा ४५८ मतसहित विजयी हुँदा एमालेका गोपाल आग्रीले १३२ मत पाए ।

वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर जेठारा ४२१ मतसहित बिजयी भए । माओवादी केन्द्रका रमेश जेठारा ३८० मत पाएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : १६ बजे