Logo

Breaking News 1

भरतपुरमा रेणुले अहिलेसम्म कति मत पाइन् ?



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।

दाहालले १३ सय ७२ मत प्राप्त गर्दा सुवेदीले १३ सय ५ मत प्राप्त गरेकी हुन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायम राखिरहेका छन् । उनले अहिलेसम्म १५ सय ४२ मत मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : १७ बजे