Logo

Breaking News 1

रोल्पा नगरपालिकामा माओवादी केन्द्रको अग्रता



रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ ।

नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शेरवहादुर थापाको पक्षमा दुई हजार मत आएको छ ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदवार गीता आचार्यले तीन हजार ३२ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेसका पुष्पा श्रेष्ठको पक्षमा १४४९ मत आएको छ ।

वडा नं‍ १ को अध्यक्षमा खुमबहादुर थापा निर्वाचित भएका छन् । वडा नंं २ मा नेपाली कांग्रेसका उमेदवार दिउचन घर्तीमगर संग मत बराबरीपछि भएको गोलाप्रथामा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी निर्वाचित भएका छन् ।

वडा नं‍ ४ मा नेपाली कांग्रेसका बेगमकुमार हमाललाई हराउदै नेकपा माओवादीका मित्रलाल गुरुङ निर्वाचित भएका छन् । वडा नं‍ ५ मा टोपबहादुर नेपाली विजयी भएका छन ।

वडा नं‍ ३ मा भने नेपाली काँग्रेसको वडाध्यक्षका उमेदवार राजकुमार पुरीले नेकपा माओवादी केन्द्रका भरत विष्टलाई पराजित गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ४३ बजे