Logo

Breaking News 1

काठमाडौं महानगरमा बालेन साह अघिअघि, अरु पछिपछि



काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

५२९ मत गन्दा शाहले १७८ मत पाएका छन् । उनले गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन् ।

दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन् । अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन् । बालेनको भोट बढेपछि समर्थकहरुको मतगणनास्थलमा घुईंचो लागेको छ । अन्य पार्टीका कार्यकर्ता खासै छैनन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ०१ बजे