Logo

निर्वाचन विशेष

रोल्पाका ७ वटा वडामा माओवादी केन्द्रको प्यानल विजयी



रोल्पा । रोल्पा जिल्लामा माओवादी केन्द्रका विरुद्धमा अन्य दलहरुले गठबन्धन गरेका छन् । एमाले, कांग्रेस र विप्लव नेतृत्वको नेकपाले गठबन्धन गरेका छन् । तर अहिलेसम्म मत परिणाम घोषणा भएका मध्ये सबैमा माओवादी केन्द्रको मात्रै विजयी भएको छ ।

रोल्पा नगरपालिका– १ को वडाध्यक्षसहितको प्यानल माओवादी केन्द्रले जितेको छ । वडाध्यक्षमा माओवादी केन्द्रका खुमबहादुर थापामगरसहितको प्यानल विजयी भएको हो ।

यस्तै रोल्पाकै त्रिवेणी गाउँपालिका– १ मा माओवादी केन्द्रका देउसिं घर्तीमगर विजयी भएका छन् भन माडी गाउँपालिका– १ को वडाध्यक्षमा रोहितसिंह घर्तीमगरको प्यानल विजयी भएको हो । रोल्पाको सुनिलस्मृति गाउँपालिका– १ मा पवन कवर, लुंग्री गाउँपालिका–७ मा हिराबहादुर पुनमगर, परिवर्तन गाउँपालिका– १ मा मैते बुढामगर विजयी भएका छन् । सो वडाहरुमा माओवादी केन्द्रले प्यानलै जितेको हो । यस्तै थवाङ गाउँपालिका– ५ मा माओवादी केन्द्रका गोबर्द्धन घर्ती मगरको प्यानल विजयी भएका हुन् ।

यो पनि…

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : २१ बजे