Logo

Breaking News 1

मौन अवधि : के गर्न पाइन्छ, के पाइँदैन ?



काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हिजो (मंगलबार) मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार लगायतका गतिविधि गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गरी प्रचार तथा भ्रामक सूचनाहरु प्रवाह गर्न नपाईने आयोगले जनाएको छ । निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ।

राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार गर्न र मतदातासँग मत माग्नेदेखि नशालु तथा मादक पदार्थ सेवन गर्न रोक लगाएको छ । यस्तै, सञ्चारमाध्यमले पनि चुनावी प्रचारप्रसार हुने कुनै किसिमको सामग्री प्रकाशन प्रसारण गर्न पाइने छैन ।

मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के–के गर्न नहुने कार्यको सूची नै बनाएर आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : २२ बजे