Logo

Breaking News 1

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला



काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।

प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत फेला परेकी हुन् । उनी एसियाली खेलकुदको तयारीमा थिइन् ।

उनी कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षिया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्।

उनको मृत्यु बारे थप विवरण आउँन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ९ : ५२ बजे