Logo

Breaking News 1

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा, प्रचण्डसहित शिर्ष नेताहरु पोखरामा



काठमाडौं । पाँचदलीय गठबन्धनले आज पोखरामा चुनावी सभा गर्दैछ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा पुगेका छन् ।

गठबन्धनले आज पोखराको अमरसिंह चोकमा बृहत् चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्‍याली निकालिनेछ ।

सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रूपमा लिएको छ । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् ।गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपीला रानाभाट छिन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : २२ बजे