Logo

मुख्य समाचार

दिउँसो पार्टीको चुनावी बैठकबाट घर फर्किएका गाउँपालिकाका अध्यक्षको साँझ मृत्यु



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् ।

०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । शेषको पार्थिक शरिरलाई आजै दिउँसो इस्लामिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ५९ बजे