Logo

निर्वाचन विशेष

स्थानीय निर्वाचनः १ लाख ४५ हजार उम्मेदवार



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् ।

२० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ ।

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्याजस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ ।

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : ४२ बजे