Logo

मुख्य समाचार

१५ बागी उम्मेदवार एमालेबाट निष्काशित



काठमाडौं । नेकपा एमाले रुपन्देहीले पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिएका १५ जनालाई पार्टीबाट निष्काशित गरेको छ ।

एमालेले विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएका १५ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।

पार्टीबाट निष्काशित हुनेहरुमा देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई,रोहिणी १ का अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्य छन्।

यस्तै, सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेल पार्टीबाट निष्काशित भएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ५३ बजे