Logo

मुख्य समाचार

यी जिल्लामा आज मतपत्र ढुवानी गर्दैछ आयोगले



काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र जिल्लामा ढुवानी गरिरहेको छ ।

आयोगले ७० जिल्लामा मतपत्र ढुवानी गरिसकेको छ भने आज तीन जिल्ला सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र पठाउन लागेको हो ।

जिल्लाको सहजता र असहजतका आधारमा आयोगले ढुवानी गरिरहेको छ ।

सडकमार्गबाट लैजान समय लाग्ने तथा जोखिम भएका जिल्लामा आयोगले हेलिकप्टरबाट मतपत्र ढुवानी गरेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : १५ बजे