Logo

मुख्य समाचार

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा



काठमाडौं । पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

साउदी अरेवियाको मस्जिद–ए–नबवीम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दर भनेर चिच्याइरहेको देख्न सकिन्छ ।

पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेकोे छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : १७ बजे