Logo

मुख्य समाचार

बनेपा नगरपालिकाका मेयर वादेद्वारा स-परिवासहित एमाले परित्याग, मेयर पदबाट पनि राजीनामा



काठमाडौं । बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् ।

वादेले आज पत्रकार सम्मेलनमार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफूसँगै स-परिवारले नै एमाले परित्याग गरेको बताए ।

उनले मेयर पदबाट पनि राजीनामा दिएका हुन् । वादे २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बनेपाको मेयरमा निर्वाचित भएका थिए ।

वादेले यो पटक पनि नगरपालिकाको मेयरको टिकट आश गरेका थिए । तर, पार्टीले रत्नकुश रञ्जितलाई टिकट दिएपछि उनी असन्तुष्ट रहेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ३३ बजे