Logo

Breaking News 1

गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

विभिन्न स्थानीय निकायमा गठबन्धनको निर्णय विपरित बागी उम्मेदवार उठेका सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि आज साँझ पाँच बजेसम्मका लागि समय दिएपनि कतिपय उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिने देखिएपछि गठबन्धनले बागी उम्मेदवारहरुका विषयमा छलफल गरिरहेको हो ।

नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नगरे पार्टीबाट निलम्बन हुने चेतावनी दिइसकेको छ । अन्य दलहरुले पनि बागीलाई कारबाही गर्ने प्रतिबद्वता आजको बैठकमा जनाउने बुझिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ४३ बजे