Logo

Breaking News 1

केशव स्थापितको बचाउ गर्दै अध्यक्ष ओलीले भने, ‘चुनाव आयो कि मिटु’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गर्दै चुनावका बेला एमालेलाई कमजोर बनाउनका लागि मिटु ल्याइएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव आयो कि मिटु आउने गरेको जिकीर गरे ।

”यस्ता बेलामा प्रचारहरु आउँछन्, कुप्रचारहरु आउँछन्, मिटुहरु आउँछन् । मिटुको के जवाफ हुन्छ ? ओलीले भने ।’

उम्मेदवारको चरित्र हत्या गर्न ‘मी टु’को मुद्दा उठाइने गरिएको टिप्पणी गरे । महिला अधिकार र सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सचेत कोही पनि नभएको उनले बताए ।

एमाले महिलालाई नीति निर्माण गर्ने थलोमा पुर्याउने बाटोमा हिँडेको ओलीले दाबी गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनमा काठमाडौं महानगरको मेयर एमालेले नै जित्ने ठोकुवा गरे ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०६ बजे