Logo

Breaking News 1

एलन मस्कले किने ट्वीटर, कतिमा किने ?



काठमाडौं । एलन मस्कले ट्वीटर पूर्ण रुपमा खरिद गरेका छन् ।

विश्व धनाढ्य मस्कले केही समयअघि ९ प्रतिशत ट्वीटरको शेयर किनेका थिए । अहिले उनले पूर्ण रुपमा ट्वीटर खरिद गरेका हुन् ।

उनले ४४ बिलियन डरमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका हुन् ।

ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ५६ बजे