काठमाडौं । भागबण्डाका क्रममा पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेपछि कास्की कांग्रेस रुष्ट भएको छ ।
कास्की कांग्रेसले केन्द्रको निर्णय नमान्ने भन्दै परिणाम फरक हुन सक्ने चेतावनी दिएको छ । यसैबीच, आज कास्की पार्टी कार्यालयमासमेत ताला लगाइएको छ ।
कास्की काङ्ग्रेस महानगर समितिले केन्द्रको निर्णयको विरोधमा पार्टी कार्यालयमा ताला लगाएको हो ।
गठबन्धनको मंगलबारको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया