Logo

मुख्य समाचार

एमालेका आफ्नै कार्यकर्ताबाट कुटिए जितपुर सिमराका वडाध्यक्ष असलम देवान



काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ का वडाध्यक्ष असलम देवान आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

नेकपा एमाले नेता रहेका वडाध्यक्ष देवान बाटोको विषयमा विवाद हुँदा एमालेकै कार्यकर्ताबाट कुटिएका हुन् ।

वडा अध्यक्ष देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच बाटोको विषयलाई लिएर झडप भएको हो ।

घटनामा अन्य ६ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

वडाध्यक्ष असलमको घाँटी, छातीमा चोट लागेको बताइएको छ । उनको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ०९ बजे