Logo

मुख्य समाचार

चट्याङ लागेर काभ्रे र मकवानपुरमा दुई जनाको मृत्यु



काठमाडौं । चट्याङ लागेर काभ्रेपलाञ्चोल र मकवानपुरमा दुई जनाको मृत्यु भएको छ ।

काभ्रेको महाभारत गाउँपालिका वडा नं. ७ बनखुमा चट्याङ लागेर किशोरीको मृत्यु भएको हो । दुई जना घाईते भएका छन् ।

मंगलबार वेलुकी साँढे ६ बजेको समयमा चट्याङ लागेर दिलबहादुर मोक्तानकी छोरी अन्दाजी १५ बर्षीया कान्छी माँया मोक्तानको मृत्यु भएको हो ।

यता, मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन्।

उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ५६ बजे