Logo

Breaking News 1

‘गठबन्धन टुटाउन खोज्दैछन् तर टुटाउनु हुन्न’: सभापति देउवा



काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन प्रयास भइरहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउनका लागि विभिन्न शक्तिहरु लागिरहेको बताएका हुन् ।

‘गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भइरहेको। तर टुटाउन हुँदैन, देउवाले भने ।’

गठबन्धनकै कारण कांग्रेसको सरकार रहेको भन्दै देउवाले राम्रो गर्दा गर्दै पनि पार्टी भित्रै पनि नराम्रो बनाउने प्रयास भइरहेको बताए ।

उनले चुनावी तालमेलले अझ बलियो बनाउने भन्दै यसका विरुद्धमा नबोल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ०९ बजे