Logo

मुख्य समाचार

निलम्बित गभर्नर अधिकारीले दायर गरेको रिटको पेशी आज



काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथिको सुनुवाई आजका लागि तोकिएको छ ।

अधिकारीको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो । सरकारले अनाधिकृत रुपमा आफूलाई निलम्बन गरेको भन्दै निलम्बन खारेजीको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको आरोप लगाउँदै सरकारले चैत २५ गते छानबिन समिति गठन गरेपछि अधिकारी निलम्बनमा परेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : २६ बजे