Logo

मुख्य समाचार

हँसियाले काटेर श्रीमानको हत्या गरेर श्रीमती आफैँ पुगिन् प्रहरी चौकी



काठमाडौं । कैलालीमा एक श्रीमतीले श्रीमानको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेकी छिन् ।

मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले आइतबार राति ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेर आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेकी हुन् ।

सामान्य घरायसी विवाद उनले श्रीमानको हत्या गरेकी हुन् । उनी सोमबार बिहानै इलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गर्न पुगेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : २२ बजे