Logo

मुख्य समाचार

ऋषि धमलाले दिएको लिखित स्पष्टीकरण चित्त नबुझेपछि काउन्सिलले मौखिक बयानका लागि बोलायो



काठमाडौं । पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले मौखिक बयानका लागि बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकाएर नेपाल फर्कने क्रममा धमलाले जहाजभित्र जहाजका कर्मचारीलाई अटेर गर्दै भित्रैबाट लाइभ गरेको घटनामा काउन्सिलले स्पष्टीकरण सोधेको थियो ।

उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मौखित बयानका लागि बोलाएको हो । उनलाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो।

नेपाल बार एसोसियनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहित आचारसंहिता अनुगमन समितिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउन सिफारिस गरेको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ४७ बजे