Logo

Breaking News 1

सत्ता गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ ।

पौडेलले समितिको बैठक अपरान्ह चारबजेका लागि बोलाएका हुन् । बैठकले स्थानीय तहहरुमा कसरी तालमेल गरेर जाने भन्नेबारेमा खाका तयार पार्ने बताइएको छ ।

यसअघि समितिले प्रदेशको नेतृत्वमा जिल्ला र स्थानीय तहबाट आ(आफ्नो पार्टीको अवस्था सम्बन्धी प्रतिवेदन पठाउन २२ गतेसम्मको समय दिएका थियो ।

जिल्ला र स्थाानीय तहबाट रिपोर्ट आएपछि आज बैठक बसेर तालमेलबारे खाका तयार पार्न लागिएको हो ।

केन्द्रबाट गठबन्धन गरेर जाने सहमति भएपनि कतिपय स्थानीय तहहरुमा तालमेल गरेर जाने निर्णयको विरोध भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ५५ बजे