Logo

मुख्य समाचार

ललितपुर मेयरका लागि एमालेबाट व्यञ्जनकार सिफारिस



काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई सिफारिस गरेको छ ।

व्यञ्जनकारलाई ललितपुर जिल्ला कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको हो । अब पार्टी केन्द्रीय कमिटीले अन्तिम निर्णय गर्नेछ ।

व्यञ्जनकार २०७४ सालको निर्वाचनमा पनि मेयरमा उठेका थिए ।

उनलाई वर्तमान मेयर चिरिबाबु महर्जनले पराजित गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ५१ बजे