Logo

Breaking News 1

देउवा र मोदीद्वारा नेपाल रेल सेवाको उद्घाटन



काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा नेपाल रेल सेवाको उद्घाटन गरेका छन् ।

दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गरेका हुन् । दुवै प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर रेल उद्घाटन गरेसँगै भारतको जयनगरबाट रेल नेपालको कुर्थाका लागि छुटेको छ ।

प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् । यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ०५ बजे