Logo

Breaking News 1

देउवा र मोदीको ‘वान टु वान’ भेटवार्ता सकियो, नेपाल-भारत द्विपक्षीय बैठक सुरु



काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान टु वान’ भेटवार्ता सकिएको छ ।

भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल-भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।

बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : ०७ बजे