Logo

मुख्य समाचार

कांग्रेसको कार्यबाहक सभापतिमा पूर्णबहादुर खड्का



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि भारत गएपछि कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

खड्कालाई कार्यवाहक तोकेर भारत गएका हुन् । सभापति तथा प्रधानमन्त्री देउवा आज भारत गएका हुन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि सहभागी छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ५४ बजे