Logo

Breaking News 1

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई



काठमाडौै । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँडलाई दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खाँडलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । यसअघि प्रधानमन्त्री देउवाले खाँडलाई कार्यबाहक तोक्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँण ज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : २८ बजे