Logo

मुख्य समाचार

नेपाली रेल जयनगरमा सजिँदै, भोलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने



काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् ।

उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।

‘भोली १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।’

उनका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : १६ बजे