Logo

मुख्य समाचार

माओवादी परित्याग गरेका प्रवक्ता महराका स्वकीय सचिव एमालेमा प्रवेश



काठमाडौं । सोमबार नेकपा माओवादी केन्द्र परित्याग गरेका माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई स्वागत गरेका हुन् । शर्मासँगै उनकी पत्नी सीता चौधरी पनि एमालेमा प्रवेश गरेकी हुन् ।

माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : ४० बजे